जून १ मा तनहुँ समाज जापानको अधिवेशन

जापान। जापानमा रहेर पनि सामाजिक सेवामा दत्तचित्त सहित लागि रहेको तनहुँ समाज जापानको अधिवेशन जून १ तारीखका दिन हुन गइरहेको छ। गत १८ तारीखका दिन बसेको कार्यसमितिको बैठकले उक्त गरेका निर्णय गरेको हो।

Advertisement 1

तनहुँ जिल्ला घर भइ जापानको विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको साझा संगठनको रुपमा रहेको तनहुँ समाज जापानको अधिवेशन जून १ आइतबार जापानी समय अनुसार दिनको ठिक २ बजे प्याराडाइज रेस्टुरेन्ट ओकुबोमा हुने आयोजकले ईकर्मचारीलाई जानकारी गराएका छन्।

तनहुँ समाज जापानका सचिब धर्मिका घिमिरेका अनुसार अधिवेशन समायोजनको जिम्मेवारी बसुदेब पन्त, विधान संशोधन तथा परिमार्जनको जिम्मेबारी बिजय थापा, दिपक घिमिरे, भोजराज पन्त र निर्वाचन समितिको जिम्मेवारी राजेन्द्र जमरकट्टेललाई दिईएको छ।

Advertisement 2

त्यस्तै अधिवेशनका लागि आवश्यक सम्पूर्ण आर्थिक जिम्मेवारी सुरेन्द्र सुवेदीलाई प्रदान गरिएको छ भने, अधिवेशन व्यवस्थापनको जिम्मा मिन गुरुङलाई दिईएको छ। आयोजकले जापानको जुनै कुनामा रहेका तनहुँ जिल्लाका नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अपिल समेत गरेको धर्मिकाले जानकारी गराएकी छन्।

प्रकाशित :२०८२ जेष्ठ १२, आईतवार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry