काम खोज्दै जुन दिन काठमाडौं आइन्, त्यसै दिन सामूहिक बलात्कारको शिकार बनिन्

नयाँ बसपार्कमा सामूहिक बलात्कारमा परेकी महिला सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी थिइन्। सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो ।
Advertisement 1
सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । सो रात दुई जनाले बलात्कार गरेको र भोलिपल्ट अन्य ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।
आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर ती युवतीमाथि बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीस पक्राउ परेको तथा मुगुका हस्त नेपाली र चन्द्र साउद फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए।
Advertisement 2
लामो समयदेखि पति भारतमा बेपत्ता भएपछि काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमा काठमाडौं प्रवेश गर्नासाथ बलात्कारको शिकार भएकी हुन् । बलात्कारको पीडा खप्न नसकेर युवती आफैं गुहार माग्न प्रहरीकहाँ पुगेपछि प्रहरीले बलात्कारीहरुको खोजी गरी पक्राउ गरेको हो ।हाल उनीहरुमध्य गोंगबुबाट ८ जना भने पक्राउ परेका छन् ।
पक्राउ परेका सात जना मुगु जिल्लाका हुन् भने अर्का एक अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ। ‘श्रीमान बेपत्ता भएपछि एकल रहेकी उनी काम खोज्न काठमाडौं आएकी थिइन्,’ मैनालीले भने। उनलाई सुरूमा युवराज बडुवालले फकाएर गेष्ट हाउसमा लगेका थिए। त्यसपछि पालैपालो अरू युवाले विभिन्न गेष्ट हाउसमा लगेका थिए।
Advertisement 3
ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएको छ। बलात्कारमा परेको खबर महानगरीय प्रहरी प्रभाग बसपार्कमा पुगेको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो।