९ जनाले गरे नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार

एक महिलामाथि सामूहिक ९ जनाले आरोप रहेको छ । हाल उनीहरुमध्य गोंगबुबाट ८ जना भने पक्राउ परेका छन् ।

Advertisement 1

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले गएको सोमबार साँझदेखि मंगलबार मध्यरातसम्म ३४ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग छ । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेको देखिएको छ । उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।

Advertisement 2

पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको काठमाडौँका प्रहरी प्रवक्ता दिनेश मैनालीले बताए । घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता मैनालीले भने, ‘३४ वर्षकी महिला सुर्खेतकी हुन् भन्ने खुलेको छ । उनका श्रीमान भारतमा रहेको खुल्न आएको छ ।’

प्रकाशित :२०७८ पुष १४, बुधबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry