सिरहामा दुई दिन निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ।

Advertisement 1

डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलानखोलाबाट पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए । सिरहाको चोहर्वाबाट सिरहा सडकखण्डको पिकेराज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ कवारीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित :२०७८ पुष १३, मंगलवार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry