सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारणसभा मंगलबार

Advertisement 1
सान्जेन जलविद्युत कम्पनीले १३ पुसमा साधारणसभा बोलाएको छ । सभा स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कोरोना महामारीका कारण कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।
कम्पनीले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisement 2
कम्पनीले साधारणसभा प्रयोजनका लागि ५ देखि १३ पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार, ४ पुससम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रकाशित :२०७८ पुष १२, सोमबार १२:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%