कामना सेवा फुटसल कप सुरु

‘स्वस्थ शरीर, स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकद्वारा आयोजित पहिलो कामना सेवा फुटसल कप २०२१ शनिबारदेखि सुरु भएको छ।
Advertisement 1
काठमाडौँ महानगरपालिका ४ हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका हुन्।
उक्त अवसरमा मन्त्री गहतराजले कोरोना भाइरस महामारीको कारण विगत २ वर्षदेखि खेलकुदलगायत सबै क्षेत्र प्रभावित भएको र हाल सङ्क्रमणको प्रभाव कम हुँदै गएकोले खेलकुदका गतिविधिहरु सञ्चालन हुन थालेको हुँदा खेलाडीहरुमा उत्साह जागेको बताए।
Advertisement 2
खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा हरेक क्षेत्रमा यसको महत्व रहेको उनको भनाइ थियो। बैंकले फुटसल प्रतियोगिता आयोजना गरेर निकै सराहनीय कार्य गरेको भन्दै मन्त्री गहतराजले बैंक परिवारलाई धन्यवादसमेत दिए।
कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल, एन्फाका प्रतिनिधिलगायतको उपस्थिति थियो।
Advertisement 3
उक्त फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुसमेत गरी २४ वटा टीमको सहभागिता रहेको छ। २४ वटा टीमलाई ६ समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’ मा कामना सेवा विकास बैंक ९हरियो०, राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे।बैंक र कुमारी बैंक, समूह ‘बी’ मा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह ‘सी’ मा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह ‘डी’ बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा डे। बैंक, समूह ‘इ’ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन।
समूह ‘एफ’ मा कामना सेवा विकास बैंक (नीलो), माछापुच्छ्र्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन्।
प्रतियोगिताको लागि एन्फा फुटबल कमिटीले रेफ्रीहरु उपलब्ध गराएको आयोजक बैंकले जनाएको छ। दुईदिन चल्ने प्रतियोगिताअन्तर्गत आज लिग चरणका खेलहरु सुरु भएका छन्।