लुम्बिनी विकास बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०७८ पौष ९ गते आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७७÷७८ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनी महानुभावहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष श्री दशरथ रिसालज्यूको अध्यक्षतामा सम्पन्न १४ आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षज्यूले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७÷७८ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिहं बोहराज्यूले स्पष्ट पार्नु भएको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित :२०७८ पुष १०, शनिबार १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry