डिएसपीको चौडा छाती : अंशको निहुँमा वंश नास गर्नेदेखि फरार अभियुक्त कर्याप्पै !
अञ्जनकुमार
समय अघि बेसीशहर नगरपालिकाका एक जनप्रतिनिधि कोशेली स्वरूप लाखको विटो बोकेर जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीलाई स्वागत गर्न पुगे । कार्की जिल्ला प्रहरी कार्यालय छिरेको खासै समय पनि भएको थिएन । जनप्रतिनिधिको स्वागत गर्ने तरिकाले आगो भएका कार्कीले राम्रै सबक सिकाएर फर्काइदिएपछि नतमस्तक बनेका जनप्रतिनिधि हालसम्म उनको सामुन्ने पर्ने आँट गरेका छैनन ।
केहीदिन अघि गोर्खाली सांसद जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले डिएसपी कार्कीले फोन गरेर निकै धमास लगाए । फोन गर्नुको कारण थियो, २०५८ मंसिर १ गते आफ्नै बुबा ५५ बर्षीय खगेश्वर पराजुलीलाई निर्मम ढंगले हत्या गरी गोबर ग्याँसको ट्यांकीमा हालेर फरार भएका राइनास नगरपालिका – ४ का चन्द्रप्रसाद पराजुली बाबुराम भट्टराईका सहोदर भान्जालाई गत कार्तिकमा कसैले सुइँको नै नपाउने गरी लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि । जनयुद्धकालीन मुद्दालाई तपाईं बल्झाउन खोज्ने ? त्यो मुद्दा खारेजी तथा पक्राउ परेका पराजुलीलाई छाडीदिन धम्की मिश्रित अनुरोध गरे । डिएसपी कार्कीले उल्टै टिपो लिए । त्यो युद्दसंग सम्बन्धित घटना होईन। नितान्त पारिवारिक अंशबन्डालाई लिएर माओवादीको आडमा बाउको हत्या गरिएको हो । यसलाई कसरी जनयुद्दको घटना भन्न मिल्छ ?
चन्द्रप्रसाद पराजुली कान्छो । जेठो दाइ वेपत्ता । माइलो ध्रुव पराजुली । बाउ खगेश्वर कांग्रेसका कार्यकर्ता । कम्युनिस्ट भनेपछि फुटेका आँखाले पनि देख्न नसक्ने मात्रै हैनन् उधुम रक्सी धोकेर सत्तोसराप गर्ने । जे भएपनि बाउको हत्या त गर्न नहुने । माइलो ध्रुवको योजना मुताविकनै बाउलाई मारेर ध्रुव फरार । ध्रुव ट्रक ड्राइभर । नवलपरासीका साहुको ट्रक चलाउने ध्रुबले साहुकै घरमा चोरी गरी लमजुङ आउने क्रममा दुर्घटनामा परी मृत्यु भयो । माओवादीको बिगबिगी । खगेश्वरको हत्याबारे जिल्ला प्रहरी कार्यालय लमजुङ्गमा जाहेरी दर्खास्त परेपनि हत्यारा छोराहरूलाई कसैले प्रकाउ गर्ने आँट गरेनन् । समय निकै घर्कियो, जिल्ला प्रहरी कार्यालयमा थुप्रै डिएसपीहरु आए गए । कसैलाई यस्ता पुराना फाइल पल्टाएर मुद्दा छिनोफानो गर्ने चासो बढेन । डिएसपी गंगाबहादुर थापाले फाइल अगाडि बढाएका थिए । उनको पालामा पनि थुप्रै फरार अभियुक्तहरु नसमातिएका त हैनन् । तर पुराना भन्दा नयाँ नै थुप्रै काण्डहरुले गर्दा उनले ती मुद्दामा दिमाग चलाउन सकेनन् । भन्दाभन्दै उनको कार्यकाल सकियो सरुवा भएर इलाम पुगेका थापाले त्यहाँ पनि बबाल त मच्चाएकै छन् । काम गर्ने सोच भएकाहरुलाई जहां पुगेपनि केही फरक पर्दो नरहेछ ।
कार्की साबले मिहिन ढंगले त्यस्ता मुद्दाको खोजी गरे । दुई दशकसम्म फरार अभियुक्त पराजुली पक्राऊ परे । कात्तिक २६ गते जिल्ला अदालत लमजुङले उनलाई पूर्पक्षको लागि कारागार चलान गरिदियो। पक्राउ, म्याद थप तथा अनुसन्धानका क्रममा कसैलाई जानकारी गराएनन् कार्कीले । कार्की न कसैको दबाबमा परे न कुनै प्रभाव मै । यसै बीचमा उनले जुवाडे र लागू औषध दुर्व्यसनीको पनि दोलो काडे । ठूलो परिमाणमा लागू औषध मरामत गरिएको छ । अवैध जडिबुटी ओसार पसारमा बन्देज लगाए । अदालतबाट कैद फैसला भएर फरार बैंकिङ कसुरका अभियुक्तहरु मुलुकका विभिन्न ठाउँबाट धमाधम समातिन थाले । कार्कीका सारथि पनि निकै इमान्दार र चतुर । ट्याईसी जगदिश रेग्मी हुन वा मुद्दामा लामो समय काम गरिसकेका दिपक गिरी हुन डियसपीको मिसनलाई घात गरेनन् । जसले गर्दा डिएसपी कार्कीको योजना फेल खाएन ।
यसका अलवा कार्की पृथक यसकारण छन् उनी सेवा भावले अनुप्रेरित छन् । जो आए लिएर गए भन्नेहरुलाई कार्कीले झापड लगाएका छन् । कार्की लिन हैन दिन मात्र जानेका । बाटोमा हिड्ने असहाय हुन वा आफ्नैले अपहेलना गरी मानवसेवा आश्रममा पुर्याइएका वृद्धवृद्धा हुन् उनले सहयोग नगरेको कसलाई होला र । सहयोग गर्ने क्रममा आफ्नो गोजी रित्तिएको उनलाई पत्तोनै हुँदैन । साँच्चै धर्म छ भने यहाँ छ । भोका पेटहरु, नाङ्गा आङहरुलाई उनको चित्तले देख्न सक्दैन । उनी साँच्चिकै लक्ष्मीप्रसाद देवकोटा बनिदिन्छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयको मुहारनै फेरिएको छ । झण्डै डेढ दुईसय हाराहारीमा प्रहरी रहने जिप्रकामा पिउने पानीको सारै समस्या । बेसीशहर नगरपालिकाको सहयोगमा शुद्ध खानेपानी लागि अत्याधुनिक युरोगार्ड जडान गरे । संघीय खानेपानी आयोजना जिल्ला कार्यालय लमजुङ्गका प्रमुख देवेन्द्र झासंगको समन्वयमा ३५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरे । बन्दी राख्ने थुनुवा कोठालाई आधुनिकरण गरे । कार्यालय भित्र प्रतिक्षालय, प्रांगढ बाहिर आफ्नै खर्चमा आकर्षक चौतारो निर्माण गरे । अपराध नियन्त्रण अप्रेसनमा अब्बल कार्कीले जवान मेचमा समेत गुणस्तर र हाजेनिक बनाउन लगाए । साँच्चै यस्ता अफिसर भूतो न भविष्य अर्थात् पहिला कोही थिए न पछि कोही आउलान् । कर्तव्य र सेवा उनका मूलमन्त्र हुन ।
आफ्नो कुनै प्रवाह छैन । तर राष्ट्र र जनताप्रतिको उत्तरदायित्वलाई कुल्चने कामचोरहरुसँग उनको कुनै आईनोसाइनो छैन । प्रहरीले चाहने र आवश्यक भन्दा ज्यादा राजनीतिक हस्तक्षेप नहुने हो भने जिल्लामा धेरै काम गर्न सकिने बताउने, कार्की कहिले न्यानो कपडा लिएर त कहिले भोजन लिएर वृद्धआश्रमतिर दौडिन्छन् । भजन गाउन हैन कर्तब्यसंग उनको मोह छ । यसो त तनावबाट मुक्ति दिलाउनका लागि ब्यारेक मै मेरिटसन र शारीरिक व्यायाम पनि गर्न नलगाउने हैनन् । शुरूशुरुमा आफ्नै प्रहरीबाट समेत झन्झट मानिएका उनी अहिले साँच्चै आमस्टाफहरुको भरपर्दो अभिभावक भएको महसूस गराएका छन् ।
जिल्लाका महत्वपूर्ण ठाउँहरुमा प्रहरी चौकी थिएनन् । जिल्लाको उत्तरी नाकामा चौकी स्थापन हुन सकेको थिएन । तत्कालीन प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको सहजीकरण, सक्रियतामा चालिएको अभियान कार्कीले पुरा गरे । त्यस्तै दक्षिणनाका पाउँदीमा जर्जर भवनमा बसेको थियो प्रहरी । कहिले कुन बेला भत्कने हो भन्ने त्रासमा रहेको सो अस्थायी प्रहरी चौकीलाई अहिले विशुद्ध कार्की र उनै होम प्रसाद लुइँटेलको पहलमा अहिले जग्गा उपलब्ध गराई लालपुर्जा हात पारेका छन् । तसर्थ त कार्की अब्बल प्रहरी अफिसर कहलिएका छन् । सच्चा इमान्दारहरुको लागि प्रिय बनेका छन्
प्रकाशित :२०७८ पुष ७, बुधबार ०५:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%