तीन वर्षीया भतिजी बलत्कार गर्ने ६२ वर्षीय वृद्ध पक्राउ

 

Advertisement 1

तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम ४ का ६२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । भतिजी नाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए ।

पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाइफकाइ यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ ।

Advertisement 2

‘पीडकको यौनजन्य क्रियाकलाप जबरजस्ती करणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।

प्रकाशित :२०७८ मंसिर २७, सोमबार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry