रिया मनि ट्रान्सफर मार्फत् खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा रु २०० बोनस

नेपालको अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १६० देशबाट रिया मनि ट्रान्सफर प्रयोग गरी सिटी एक्सप्रेस मार्फत् पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा रू २०० बोनस प्राप्त गर्ने अफर ल्याएको छ।

Advertisement 1

खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा १६० देशबाट प्रति कारोबार १ लाख रुपैयाँ सम्म प्राप्त गर्न सक्नेछन्। हरेक कारोबारमा रु २०० बोनस हुनेछ। प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड हुनेछ र एपको ट्रान्ज्याक्सन सेक्सन भित्र देखा पर्नेछ।

उक्त सम्झौता सम्बन्धि खल्ती प्रमुख कार्यकारी अधिकृत विनय खड्का अनुसार “खल्ती ले डिजिटल प्ल्याटफर्म मार्फत हाम्रो ग्राहकहरुको आवश्यकता पुर्ति गर्नेछ।
यो साझेदारीले ग्राहकहरुलाई अनलाइन वा मोबाइल प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट पैसा पठाउनको लागि अझै छिटो र अधिक सुरक्षित भुक्तानी गर्न मद्दत मिल्नेछ। भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास समेत राखेको बताएका छन्।”

Advertisement 2

१६० भन्दा बढी देशहरू र ५,००,००० भन्दा बढी क्षेत्रहरूमा कार्यालय भएको रिया, विश्वको दोस्रो ठूलो नेटवर्कको साथ क्रस बोर्डर भुक्तानीहरूको विश्वको अग्रणी प्रदायकहरू मध्ये एक हो र यस अभियान अन्तर्गत ‘खल्ती’ र ‘रिया’ वित्तीय समावेशीकरणद्वारा नेपाललाई अझ सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेका छन्।

पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनीमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ र अन्त्यमा खल्ती चयन गरि रकम पठाउन सक्नेछन्। पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ। लोड भएको रकम ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिनेछ।

Advertisement 3

‘खल्ती’ नेपालको फिनटेक उद्योगमा एक युवामैत्री, प्रचलित र नवीन ब्रान्ड बन्न पुगेको छ । हाल, लाखौं मानिसहरू नियमित रूपमा स्वयम् र एजेन्ट नेटवर्क मार्फत विभिन्न बिल भुक्तानी सेवाहरूको लागि व्यापक रूपमा प्रयोग गर्छन्। प्रयोगकर्ताहरूले विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल र टिभी रिचार्ज, फ्लाइट र मुभि टिकट बुकिङ, बीमा प्रिमियम भुक्तानी र अनलाइन सपिङ साइट भुक्तानीहरूको साथै विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरू को प्रयोग गर्न सक्नेछन्।

’ खल्ती’ एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।

थप जानकारीको लागि आकृती शर्मा लाई media@khalti.com मा ईमेल गरि बुझ्न सकिन्छ।

प्रकाशित :२०७८ मंसिर २५, शनिबार २२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम