उपल्लो डोल्पाको विद्यार्थीहरुको लागि ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित श्री यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि सहयोग गरेको छ।
Advertisement 1
हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् रु दुई लाखको आर्थिक सहयोग प्रदान गरिएको हो। ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरे।
एचडीआईले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ। सो बत्तीहरूले विद्युतीय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।
Advertisement 2
‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ। सो पावर वालले विद्यार्थीहरुलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने छ। एच डी आई नेपालका हिमाली क्षेत्रका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गर्ने गैर(सरकारी संगठन हो।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।