एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक एनएमबी बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा प्रतिष्ठित पुरस्कार थपेको छ।

Advertisement 1

बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबी बैँकलाई छनोट गरेको छ । यो पुरस्कार पाउने एनएमबी पहिलो नेपाली बैंक हो ।चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरूलाई छुट्टाछुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रूपमा मान्यता प्रदान गर्ने मानकका रूपमा लिइन्छ ।

Advertisement 2

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहल, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीन सेवा र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमताजस्ता मापदण्डका आधारमा यो अवार्ड प्रदान गरिन्छ । परम्परागत बैंकिङभन्दा एक कदमअगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारका लागि ओम्नी च्यानलको प्रयोग गर्ने, २४ घन्टाभित्रै कागजी झन्झटविना सापटी कर्जा प्रवाह गर्नेजस्ता नवीनतम सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित :२०७८ मंसिर १६, बिहीबार ०८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry