समाजसेवी नर्स प्रतिमाद्वारा यार्सामा स्वास्थ्य सामाग्री सहयाेग

रसुवाका सामाजिक अभियान्ता तथा सामाजसेवी नर्स प्रतिमाले यार्सामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । ‘स्वस्थ र शिक्षित समाज निर्माण’ अभियानका अभियान्ता सामाजसेवी नर्स प्रतिमाले मिति २०७८ मंसिर ११गते शनिबारका दिन नौंकुण्ड गाँउपालिका वडा नम्बर २ स्थित यार्सा स्वास्थ्य चौकीलाई यार्सा गाँउका बृहत् गाँउलेहरूको उपस्थितिमा स्वास्थ्य सामाग्रीहरू वितरण गरेका छन् ।

Advertisement 1

१. अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान २. नेवुलाईजर मेसिन २ थान ३. हिट्टर १ थान ४. ह्विल च्येर १ थान ५. फोल्डिङ बेड १ थान ६. बेड म्याट्रिस १ थान ७. बेड शिड १ थान ८. सिरानी १ थान ९. सिरानी कभर १ थान १० व्लाङकेट १ थान सहयोग गरेकी छिन् । उनको सहयोग पछि स्थासिनयहरु शुभकामना व्यक्त गरे । नौंकुण्ड गाँउपालिकाका विभिन्न राजनितिक युवा प्रतिनिधहरू स्थानियहरू सम्पूर्णले बधाई तथा शुभकामना दिएका थिए ।

Advertisement 2

कार्यक्रममा नर्स प्रतिमाले जब मान्छे स्वास्थ र शिक्षित हुदैन तब सम्म त्यस ठाउको दिगो विकास हुन सकिँदैन तसर्थ रसुवाको दिगो विकासको लागि आफूले स्वस्थ्य र शिक्षित समाज निर्माण अभियान संचालन गर्दै जिल्लाको कुना कुना ठाउहरूमा हिडिरहेको र सोही क्रममा नौंकुण्ड २ यार्सामा आईपुगेको बतायन्। नौंकुण्डका बिरामी सार्की छिरिङ थोक्रा र बाढी पहिरोमा परेका बाढी पिडितहरूलाई पनि आफूहरूले सहयोग गरेको र आगामी दिनमा पनि नौंकुण्डबासीलाई सहयोग रहने प्रतिबद्धता पनि गरे ।

Advertisement 3

नर्स प्रतिमाले कोरोनाको पहिलो लहर नेपालमा सुरू हुन अगि करिब १ महिना अगि मात्रै पनि नौंकुण्ड १ सिम्बेन्दीमा कोरोना सचेतना कार्यक्रम संचालन गरि विद्यार्थीहरूलाई स्टेशनरी सामाग्रीहरू वितरण गरि विद्यार्थीहरूलाई शिक्षा र स्वास्थ्यको महत्त्व बताएर पढ्न प्रेरणा गराएका थिए ।

प्रकाशित :२०७८ मंसिर १२, आईतवार १०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry