रसुवामा जिप दुर्घटना हुँदा सात घाइते

पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् ।

Advertisement 1

जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । टाटासुमोको ठक्करबाट ठाडेकी ४ वर्षीया बालिका नैनी घलेको मृत्यु भएको छ । उनकी फुपु वर्ष ३० कि उर्जा घले र दाई वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडे तर्फ जादै गरेका उनीहरु तिन जनालाई टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । सुमोमा सवार चालक सहित चार जना पनि घाइते भएका छन् । प्रहरीका अनुसार सुमो चालक जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका छिरिङ दोर्जे तामाङ, गाडिमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडि साहुँ घाइते भएका छन् । गाडि साहुँको नाम भने खुलेको छैन् ।सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

Advertisement 2

मृतक बालिका सहित उर्जा घले, करन घले, सुमो चालक छिरिङ दोर्जे तामाङ र गाडि साहुँलाई उपचारका लागि नुवाकोट लगिएको छ । सुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले बताए । मारग्याल्बो घलेलाई सामान्य चोट लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०७८ मंसिर ७, मंगलवार २०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry