कर्मचारी सञ्चयकोषबाट जग्गा खरिदका क-कस्ले पाउनेछन् ५० लाख सापटी ?

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुका लागि खुसीको खबर छ । कोषमा आवद्ध सञ्चयकर्तालाई जग्गा खरिदमा ५० लाखसम्म सापटी दिने भएको छ ।
कोषले यसअघि सञ्चयकर्तालाई नयाँ घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिदै आएकोमा अब जग्गा किन्नलाई समेत ५० लाख रुपैयाँसम्म सापटी दिने भएको हो ।
Advertisement 1
कोषले यसअघि सञ्चयकर्तालाई घर बनाउन मात्र ऋण दिने गरेकोमा अब जग्गा किन्नलाई पनि ऋण दिन लागेको हो ।
कतिपय सञ्चयकर्ताले जग्गा नै किन्न नसकेपछि नयाँ व्यवस्था गरिएको कोषले जनाएको छ । यस अघि कोषले घरको जगको काम पूरा गरेपछि मात्र सञ्चयकर्तालाई ऋण दिदै आएको थियो ।
Advertisement 2
कर्मचारी सञ्चयकोषको केही दिन अघि बसेको कोष संचालक समिति बैठकले ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ संशोधन गर्दै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषले जनाएको छ ।
कोषका अनुसार, जग्गा खरिद गर्नको लागि सापटी दिन योग्य संचयकर्तालाई १० वर्ष अवधिको तलब वा ५० लाख रुपैयाँसम्मको सापटी दिइनेछ । यसरी किनिएको जग्गा भने संचय कोषमा धितोको रुपमा राखिनेछ ।
Advertisement 3
कोषले दिने सापटी कोषका संचयकर्ताको लागि मात्रै हो । कोषका अनुसार सबैले यो सापटी पाउने छैनन् ।
एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्ष सेवा बाँकी रहेका संचयकर्तालाई जग्गा खरिद गर्न सापटी दिइने कोषले जनाएको छ ।
कोषका अनुसार, सापटी रकम भुक्तानी अवधि भने १० वर्षको हुनेछ । सापटी भुक्तानीको लागि वार्षिक वा तीन तीन महिनामा किस्ता बुझाउन सकिनेछ । यस्तो सापटीको व्याजदर अहिले वार्षिक ७ दशमलव ९ प्रतिशत तोकिएको छ ।
सो कार्यविधिमा कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याज दर सात दशमलब ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्ने छ ।
कोषका अनुसार हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ।