यी हुन निजामती सेवाको उच्च ओहदामा कार्यरत सात महिला

कुनै समय चुलो,चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिदो छ ।

Advertisement 1

उपस्थित मात्र होइन् नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् । अन्य क्षेत्रमा झैं प्रशासनिक क्षेत्रमा समेत महिलाको उपस्थिती बाक्लिदो छ । महिलाहरु नेतृत्व गर्ने ठाउँमा पुगेर महिला पनि पुरुषभन्दा कुनै हिसाबले कमजोर छैनन भन्ने ढंगले काम गरेर देखाएका छन् ।

अहिले निजामती सेवाको विशिष्ठ श्रेणी (सचिव) पदमा खानेपानी सचिव प्रमिला देवी बज्राचार्य,महिला तथा बालबालिका मन्त्रालयमा याम कुमारी खतिवडा,सर्वोच्च अदालतको रजिष्टार्ड निर्मला पौडेल, राममाया कुँवर महालेखापरीक्षकको कार्यालयमा उप महालेखापरीक्षक,लीला देवी गडतौला नेपाल कानुन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवको रुपमा देवकुमारी गुरागाई कार्यरत छिन । त्यस्तै हिजो मात्र निरु दाहाल पाण्डे सचिव(विशिष्ट श्रेणी) मा बढुवा भएकी छिन् ।

Advertisement 2

पाण्डेसहित निजामती सेवाको उच्च ओहदा सचिव पदमा कार्यरत महिलाको संख्या सात जना पुगेको छ ।

प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry