सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो

गाईघाटमा सवारी दुर्घटनामा एक जना पुरोहितको ज्यान गएको छ ।

Advertisement 1

त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका ११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको हो ।

घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। को १९ प ९६४६ नम्बरको मोटरसाइकल र स १ ह१६२० नम्बरको अटो ठोक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीको ज्यान गएको हो ।

Advertisement 2

अटो चालक चौदण्डीगढी नगरपालिका ७ का नरबहादुर कार्कीले चलाएको थियो ।

प्रकाशित :२०७८ कार्तिक २२, सोमबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry