दराज ११.११ अभियानमा एभरेष्ट बैंकका ग्राहकलाई छुट

एभरेष्ट बैंक र दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराजबाट खरिद गर्दा ग्राहकहरूले छुट पाउनेछन् ।

Advertisement 1

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका छन् ।

कार्यक्रम सन् २०२१ नोभेम्बेर ११ मा लाइभ हुनेछ जनाइएको छ । जहाँ बैंकले दराज एप र वेबसाइटहरूमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरू प्रयोग गरी सामान खरिद गर्नेहरूलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

Advertisement 2

ग्राहकहरूले क्रेडिट कार्डमा अधिकतम तीन हजार ५०० र डेबिट कार्डमा तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

ई–कमर्समा ‘एक्टिभेट’ भएको छ कि छैन भनेर कार्ड होल्डरहरूले सुनिश्चित गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement 3

 

प्रकाशित :२०७८ कार्तिक १७, बुधबार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry