साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश पारित, थापाको अध्यक्षतामा बन्यो नयाँ समिति

साधना लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २६.३२ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तिक १३ गते सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो ।

Advertisement 1

सभाले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश पारित गरेको हो । होटल गोरखा बिसौनी गोरखामा सम्पन्न भएको छ उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

त्यस्तै, सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागि कृष्ण बहादुर थापा, डा.नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सी।लाई सञ्चालकको रुपमा निर्बिरोध निर्वाचित गरेको छ । उक्त सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति पूर्नगठन गरेको छ ।

Advertisement 2

साथै, आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखापरिक्षणका लागी लेखापरिक्षक एस।डि एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तीरसहमति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन, सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्न र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगाएतका कार्यसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्तालाई उत्कृष्ठ प्रतिफल दिन, कार्यक्रमको गुणस्तर बृद्धिका लागी पर्ने बताए ।

Advertisement 3

हाल संस्थाले ९३ वटा शाखा कार्यालयहरुमार्फत ८० हजारभन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित :२०७८ कार्तिक १४, आईतवार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry