नौकुण्डमा एमालेको क्रेजः काँग्रेस र समाजवादी परित्याग गरी एकै दिन साढे दुई सय व्यक्ति एमालेमा प्रवेश

पछिल्लो दुई हप्तामै ५ सय एमालेको झण्डामुनी 

Advertisement 1

दिन प्रति दिन विभिन्न पार्टी परित्याग गरेर एमालेको सुर्य चिन्ह अंकित झण्डामुनी प्रवेश गर्नेको लर्काे लाग्न थालेको छ । नेकपा एकीकृत समाजवादीले सल्लाहकार समितिमा राखेका रसुवाका पूराना बामपन्थी नेता सुब्बा लामाले एमालेमै फर्किएको घटना सेलाउन नपाउँदै सोही जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । शनिवार सम्पन्न नेकपा एमालेको प्रथम वडा अधिबेशनमा झण्डै २५० को संख्यामा नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेस,समाजवादी र स्वतन्त्र युवाको जमात नेकपा एमालेमा प्रवेश गरेका हुन ।

जसअनुसार,नौकुण्ड गाउँपालिका वडा नं १ बाट २३ जना एमालेको झण्डामुनी प्रबेश गरेका छन् । एकीकृत समाजवादीबाट १४ जना र काग्रेसबाट ९ जना जिल्ला कमिटि सदस्य सुकु लामाको अध्यक्षतामा प्रबेश गरेका नेकपा एमाले रसुवाले जनाएको छ। यस्तै, वडा नं २ बाट १३ जना प्रबेश गरेका छन् । स्वतन्त्र ५ जना र काग्रेसबाट ८ जना जिल्ला सचिवालय सदस्य राजाराम थोक्राको अध्यक्षतामा प्रबेश गरेको एमालेले बताएको छ । यस्तै सोही पालिकाको वडा नं ३ बाट एकीकृत समाजवादीबाट २ जना, स्वतन्त्र ३ जना र काग्रेसबाट ७ जना गरी १२ जना प्रदेश कमिटि सदस्य सुमन भट्टको अध्यक्षतामा प्रबेश गरेका हुन् । सोही पालिकाको वडा नं ४ बाट ५४ जना प्रबेश गरेका छन् । यस्तै सबैभन्दा धेरै वडा नम्वर ६ बाट एमालेमा प्रवेश गरेका छन् । सो वडाबाट १२७ जना नेता तथा कार्यकर्ता पूर्व सांसद जर्नादन ढकालको अध्यक्षतामा प्रबेश गरेका राष्ट्रिय युवा संघ नेपाल नौकुण्ड गा पा कमिटी अध्यक्ष सुरेश थोक्राले बताए । सोही जिल्लामा केही दिन अघि झण्डै साढे दुई सयकै संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

Advertisement 2

दशैंको मुखमा नेकपा एमाले रसुवाले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा चियापान कार्यक्रममा नेकपा एमाले केन्दिय उपाध्यक्ष तथा बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा उनीहरु एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित :२०७८ कार्तिक ८, सोमबार १०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry