राष्ट्र बैंकको एक्सन पछि यी १४ बैंकले घटाए व्याजदर
नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरु गलेका छन् । अहिले अधिकांश बाणिज्य बैंकहरुले आफ्नो व्याजदर परिवर्तन गरेका छन् । यसअघि ब्याजदर बढाएर ११ दशमलव ६७ प्रतिशतसम्म पुर्याएका वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि अधिकांश बैंकले मुद्दति निक्षेपको व्याजदर परिवर्तन गरेका हुन् ।
Advertisement 1
अधिकांश वैंकहरुले व्याजदर ९ दशमलव ३६ प्रतिशत दिने सुचना प्रकाशित गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार,सञ्चालनमा रहेकामध्ये १५ वटा वाणिज्य बैंकले ब्याजदर ९ दशमलव ३६ प्रतिशत कायम गरेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिटिजन्स इन्टरनेसनल र कृषि विकास बैंकको ब्याजदर भने ९ प्रतिशतभन्दा तल रहेको छ।
जसअनुसार सिद्धार्थ, प्राइम, एनएमबी, एनआईसी एसिया, नेपाल बंगलादेश, कुमारी, हिमालयन, ग्लोबल आईएमई, मेगा, नविल, एनसीसी, सिभिल, बैंक अफ काठमाडू र सेन्चुरी बैंकले मुद्दति निक्षेपमा समान ९ दशमलव ३६ प्रतिशत व्याज दर निर्धारण गरेका छन् । नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैंकले भने ९ दशमलव ३५ प्रतिशत व्याज कायम गरेका छन् ।
Advertisement 2
जसअनुसार माछापुच्छ्रे बैंकले ९दशमलव १२ प्रतिशत, सानिमा बैंकले ९दशमलव ०६ प्रतिशत, कृषि विकास बैंकले ८ दशमलव ८५ प्रतिशत, नेपाल एसबीआई बैंकले ८दशमलव ८ प्रतिशत, सिटिजन्स बैंकले ८दशमलव ८ प्रतिशत, प्रभु बैंकले ८दशमलव ५७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ३६ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ३६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ७ दशमलव ५ प्रतिशत व्याज दिने भनेको छ ।
यस्तै सनराईज बैंकले ९ दशमलव ०६ प्रतिशत र एभरेष्ट बैंकले ८ प्रतिशत व्याज दिने जानकारी गराएको छ ।