सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर दुईवटा भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement 1

आज सोमवार दिउँसो एक बजेर ४६ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार पाङफुङलाई केन्द्र बनाएर आजै दुईवटा भूकम्प गएको हो।

प्रकाशित :२०७८ कार्तिक १, सोमबार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry