नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. बिच सम्झौता

काठमाडौं। आसार ०८ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisement 1

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै Gynecology consultation र Consultation with IVF specialist सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष श्री अजय जंग कुँवरले हस्ताक्षर गरेकाछन् ।

प्रकाशित :२०८२ असार १०, मंगलवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry