रमाइलो संयोग :- दाइ गजेन्द्र मन्त्री पदबाट राजीनामा दिने,भाइ सुरेन्द्र मन्त्रीको शपथ लिने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। गत शुक्रवार मन्त्री नियुक्त भएका हमालले आइतबार बिहानै राजीनामा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरिसकेका छन् ।
नातामा प्रधान्यायधीश चोलेन्द्र शमशेर राणका जेठान पर्ने हमाल गैह्र सांसद हुन । गैह्र सांसदलाई प्रधानन्यायधीशको कोटाबाट मन्त्री नियुक्त गरिएको भन्दै प्रधानमन्त्री र प्रधानन्यायधीश समेत विवादमा मुछिरहेको समयमा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यता केन्द्रमा गजेन्द्र हमालले मन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ । उता प्रदेशमा हमालका आफ्नै सहोदर भाई मन्त्री बन्दैछन् । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्र हमाल आज मन्त्री नियुक्त हुँदैछन्। दाइ गजेन्द्र हमालले आजै मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहँदा उनका भाइ भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुन लागेका हुन्। आजै अपरान्ह २ बजे भाइ सुरेन्द्र हमालले मन्त्रीको शपथ लिदैंछन । सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ख’ बाट निर्वचित सांसद हुन्।

प्रकाशित :२०७८ आश्विन २४, आईतवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry