राष्ट्र बैंकमा निलमको दोस्रो रेकर्ड ब्रेक, ५६ बर्षे इतिहासमा बनिन पहिलो महिला कामु गभर्नर

राष्ट्र बैंकले ५६ बर्षे इतिहासमा पहिलो पटक महिला कामु गभर्नर पाएको छ । अर्थमन्त्री जनार्दन शर्माले गत ओज ६ गते मन्त्रिस्तरीय निर्णय गर्दै डा नीलम ढुंगनालाई कामु गभर्नरमा नियुक्ति दिएका हुन् ।
Advertisement 1
गभर्नर महाप्रसाद अधिकारीको स्वास्थ्यमा समस्या आएको कारण स्वास्थ्यमा सुधार नआएसम्मका लागि निलमलाई कामु दिइएको राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागको कामु कार्यकारी निर्देशक तुलसी घिमिरेद्धारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।
डा ढुंगना यस अघि २६ फाल्गुन २०७७ मा पहिलो महिला डेपुटी गर्भनर बनेकी थिइन् । उनले यस अघि नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेर रेकर्ड ब्रेक गरेको थिईन् ।
Advertisement 2
प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायम मुकायम दिने गर्थे । तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो ।