हारे ट्रम्पले, अन्ततः बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति
अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् ।
Advertisement 1
निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेनलेे जितेेेेेेका छन् ।
यो जितसँगै ७७ वर्षीय बाइडेनले सबभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने रेकर्ड पनि तोडेका छन्।
Advertisement 2
आगामी जनवरी २० मा उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन्।
बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए।
Advertisement 3
अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए । उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।