रसुवा- काठमाण्डौ सम्पर्क मञ्चको कमाण्डर तोकिए तेम्बा,यस्तो बन्यो ५९ सदस्यीय कार्यसमिति

रसुवा काठमाडौं सम्पर्क मञ्चले नयाँ कमाण्डर पाएको छ ।
जन्मथलो रसुवा भएका र रोजगारी वा व्यपार व्यवसाय,अध्ययनका सिलसिलमा काठमाडौंलाई कर्मभूमि बनाएकाहरुलाई एकीकृत गर्ने उदेश्यले नेकपा एमाले रसुवाले आफ्नो शुभेच्छुक वा आस्थावानहरुको सो मञ्चको पाँचौं अधिवेशनले सर्वसहमत ढंगबाट नयाँ नेतृत्वसहित नयाँ टिम चयन गरेको हो ।
झण्डै दुई दशकअघि स्थापना भएको सो मञ्चको कमाण्ड अब तेम्बा लामाले गर्नेछन् । लामाको अध्यक्षता जिल्लाका पाँच वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी ५९ सदस्यीय  रसुवा- काठमाण्डौ सम्पर्क मञ्च गठन भएको छ ।

Advertisement 1

May be an image of 7 people, people sitting, people standing and indoor
शनिवार राजधानीमा सम्पन्न मञ्चको पाँचौं अधिवेशन तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमबाट उपाध्यक्षमा उत्तरगया गाउँपालिका स्थायी घर भएका श्याम बुलुनसहित योगेन्द्र ढकाल, कान्छी घले, मिङमार तामाङ र माने नकोर चयन भएका छन् ।

May be an image of one or more people, people sitting and people standing
यस्तै सचिव पदमा सन्जना अधिकारी, उपसचिव विजयराज अधिकारी, फुर्पा तामाङ, केडी लामा ,रमेश न्यौपाने, पूर्ण प्रसाद न्यौपाने चयन भएका छन् भने कोषध्यक्षमा प्रवल लामा र सहकोषध्यक्षमा निमा तामाङ रहेका छन्।
मञ्चका अन्य सदस्यहरुमा हर्क बहादुर तामाङ, वीर बहादुर तामाङ, ठाकुर रैला, रामचन्द्र न्यौपाने, उत्सव आचार्य, समीक्षा घिमिरे, उषा आचार्य, हरिप्रसाद न्यौपाने लगायत रहेका छन् ।

प्रकाशित :२०७८ आश्विन १०, आईतवार ०६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry