कमरेडको अफवाहले को-को भए क्रुद्ध ?

केपी ओलीनिकटस्थ नेपाल निजामती कर्मचारी संगठनका केदार देवकोटाको समूहले अनावश्यक भ्रम र हल्ला फैलाएपछि माओवादी निकट कर्मचारी संगठनले त्यसप्रति भर्सना गरेको छ ।
अहिले आफ्नै संगठनभित्र आन्तरिक किचलोमा फसिरहेको देवकोटाको संगठनले भोली हुन लागेको राष्ट्रिय भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठन (राकस)का ५१ प्रतिशत कर्मचारी एकीकृत हुन लागेको अफवाह फैलाइएकोप्रति सो संगठनका अध्यक्ष हरि बहादुर रावलले आपत्ति प्रकट गरेका छन् ।
केदारहरुले फैलाएको हल्ला हो, भोली हुन लागेको ओली खेमाको कर्मचारी संगठनको भेलामा माओवादी निकट कर्मचारी संगठनका महासचिव प्रभास प्रसाद साह र उपाध्यक्ष अम्बिका धमलासहित ५१ प्रतिशत कर्मचारी नेपाल निजामती कर्मचारी संगठनमा एकतावद्ध हुन लागेको ।
यस्ता अफवाह फैलाइएपछि माओवादी निकट कर्मचारी संगठनले यस्ता हल्लाका पछि नपर्न सम्पूर्ण राकसका केन्द्रिय,प्रदेश,जिल्ला,पालिका,इकाई कमिटिका पदाधिकारी तथा ट्रेड युनियनकर्मीहरुलाई आग्रह गरिएको छ ।
ओली पक्षका कर्मचारी र उनीहरुद्धारा हल्ला फैलाइएका कर्मचारीद्धय प्रभास साह र अम्बिका धमलालाई संगठनविरुद्ध गतिविधि गरेको भेटिएपछि यस अघि नै राकसले कारवाही गरेको थियो ।
संगठनले साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको दुई जना प्रवेश गराउन खोजिएको तर नेराकसको ५१ प्रतिशत कर्मचारी एमाले निकट संगठनमा प्रवेश गर्दै भनेर हल्ला गरिएको प्रति संगठनका अध्यक्ष रावलले आपत्ति प्रकट गरेका हुन् ।

Advertisement 1

No description available.
सो संगठनका एक पदाधिकारी अनुसार ओली निकट कर्मचारी संगठनमा जाने भनेका रामबहादुर थापा बादलका पछि लागेका दुई चार जना र राकसले कारवाही गरेका केही कर्मचारी हुन् ।
एक विज्ञप्ती जारी गर्दै रावलले भनेका छन्,विगत केही दिनदेखि श्रृंखलावद्ध ढंगले सेत,साधन,सम्पत्ति र संख्याको उन्माद चढेको अर्थवादी ट्रेड युनियनका मतियारहरुबाट हाम्रो संगठनको आन्तरिक जीवनमा हस्तक्षेप हुने खालको भ्रमको श्रृजना गरिएको र संगठनसँग सम्बन्ध नै नभएका व्यक्ति र संख्याको हवला दिएर गरिएको प्रचारबाजीप्रति घोर भत्र्सना गर्दछौं ।
ओली निकट कर्मचारी संगठनले पर्सी माधव नेपाल खेमाका कर्मचारीहरुलाई बाइपास गरेर भेला डाकिएकोप्रति सो संगठनका महासचिव रेबन्त गौतमले विज्ञप्ती नै निकालेर विरोध प्रर्दशन गरेका छन् ।

यस्तै नेपाली पेशागत आन्दोलनको जेठो संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको मुखमा पुगेको भन्दै पूर्व अध्यक्षहरुले चिन्ता व्यक्त गत गर्दै मंगलबार पूर्व अध्यक्षहरु मोहन कुमार केसी,सिताराम नेपाल,विश्वनाथ प्याकुरेल,भोलानाथ पोखरेल र निवर्तमान अध्यक्ष मोहन घिमिरेले विरोध गरेका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै संगठनलाई फुटको बाटोमा लाने गरी गरिने क्रियाकलाप संगठनमा आवद्ध कर्मचारी र पूर्व अध्यक्षहरुलाई सह्य नहुने बताइसकेका छन् ।

Advertisement 2

केपी ओलीनिकट मानिएका केदारप्रसाद देवकोटाको यो शैलीका कारण माधव नेपाल पक्षधर र एकता चाहने कर्मचारीहरु रुष्ट भएकै समयमा माओवादी केन्द्र निकटका कर्मचारीहरुले केदारहरुको गतिविधिप्रति आक्रोश पोखेका छन् ।

प्रकाशित :२०७८ आश्विन १, शुक्रबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry