/* google adsense */

एसईईको नतिजा साउन मसान्तभित्र दिने तयारी

परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘अहिलेसम्मको हाम्रो तयारी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने हो । साउन पहिलो हप्ताभित्र सबै जिल्लाबाट मूल्यांकन नतिजा प्राप्त भयो भने सकिन्छ’ परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । उनका अनुसार हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । बाढी पहिरो, निषेधाज्ञा, विद्यालयले पठाएको नतिजामा समस्या देखिएको कारण देखाएर धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइलाई दिनुपर्ने थियो । त्यसपछि इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १९:१९

प्रतिक्रिया दिनुहोस्