रात दिन नभनी समाजसेवामा,नर्स प्रतिमा लामा भइन् सम्मानित
Advertisement 1
लामो समदेखि निरन्तर समाजसेवामा लागेकी रसुवाकी चेली सम्मानीत भएकी छिन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको नवौं गाउँसभाको अवसरमाले सामाजिक अभियानता नर्स प्रतिमा लामा सहित ११ जना स्वास्थ्य क्षेत्रकालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा विमाल घिमिरे गोसाईकुण्ड गाँउपालिका स्वास्थ्य विभाग संयोजक विमल घिमिरे, लाङटाङ स्वास्थ्य चौकी ईनचार्ज खुम्बु बोहोरा, रसुवा स्वास्थ्य चौकीमा कार्यारत अहेवा राजेश विष्ट र रसुवा स्वास्थ्य चौकी सहित ६ जना स्वयम् सेवीहरू गरेर ११ जनालाई सम्मान गरेका हुन ।
Advertisement 2
सम्मानित हुने स्वास्थ्यकर्मीहरूलाई ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ । सम्मान कार्यक्रममा गोसाईकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उपाध्यक्ष कारग्यालमो श्रेष्ठ, प्रशासकीय अधिकृत देविलाल सापकोटा अनि गोसाईकुण्ड गाउपालिका सम्पूर्ण ६ वडाध्यक्षहरू द्वारा सम्मान पत्र प्रदान गरेका थिए ।
Advertisement 3
नर्स लामाले गरेका केहि कार्यहरु
रसुवा जिल्ला आमाछोदिङमो गाँउपालिका गत्लाङ गाउका एक घरमा अभिभावक नहुँदाको बखत सानो बच्चाले आगो बालेर खेल्ने क्रममा अचानक घरमा आगो लागेर बमबहादुर तामाङ, पासाङ यामो र युङटुङ तामाङको ३ घर दुरी पूर्ण रूपमा नष्ट भएका थियो । आगलागिबाट घवार विहिन भएका पिडितहरूलाई रसुवाकी समाजसेवी बिएसी नर्स प्रतिमा लामाले शनिबार उक्त घटना स्थलमा पुगेर पिडितहरूलाई सान्त्वना दिएर राहतहरू वितरण गरिन ।
राहतमा ३ घरधुरीका हरेकलाई खाद्यन्न सामाग्री, प्रयोग गर्ने भाडा र जाडो याममा सुत्नको लागि न्यनो ओड्ने व्लाङकेट प्रदान गरिएको थियो । सामाग्रीमा हरेक घरधुरीलाई व्लाङकेट एक थान, चमाल एक बोरा, दुई किलो दाल, चिनी दुई किलो, तेल एक लिटर, नुन तीन प्यकेट, बाटा एक वटा र जग एकवटा थिईन । उक्त राहत वितरण कार्यक्रममा आमोछोदिङमो गाउपालिका वडा ३ का वडाध्यक्ष दावा गोम्बो तामाङ र जिल्ला समन्वय समिति सदस्य सुशिला, मेगा बैंक प्रबन्धक क्षोक्याल दोर्जे लामा लगायतको उपस्थिति थियो ।
साथै नर्स प्रतिमाले पिडामा परेका पिडितहरूको आवश्यक साधारण स्वस्थ्य चेकजाँच गरि औषधीहरू पनि वितरण गर्नुका साथै पिडितहरूलाई सान्त्वना दिईन । सामाजसेवी प्रतिमाले वडा अध्यक्ष दावा गोम्बो र जिसस सुशिला तामाङले घटनाको बारे खबर दिने वितिकै राहत लिएर गाउँ आएको बताईन भने सामाजसेवी प्रतिमाको पति क्षोक्याल दोर्जे लामाले कार्यक्रममा राहत तत्काल पिडितहरूको जीवनमा परेको घाउमा मलम लगाउने प्रयास गरेको र पिडितहरूको दुःखमा थोरै भए पनि साथ दिन भनेर आएको बताइन ।
सामाजसेवी प्रतिमाले पिडितहरूलाई अझैं पनि तपाई हाम्रो सहयोगको आवश्यकता छ, तसर्थ सेवा नै धर्म हो भन्ने कुरालाई मनन गर्दै आफूले सक्ने सहयोग गरिदिनुहुन सबैलाई गरिन । जिल्ला समन्वय समिति सदस्य सुशिला तामाङ र वडाध्यक्ष दावा गोम्बो तामाङ दुवैले आफ्नो गाउमा यस्तो दुःखको समयमा अएर साथ दिएकोमा सामाजसेवी प्रतिमालाई आभारी प्रकट गरिन, भने पिडितहरूले सहयोगको लागि धन्यबाद व्यक्त गरि खुशी प्रकट गरिन ।
गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसीमा नर्स प्रतिमा तामाङद्वारा राहत प्रदान गरेकी छिन् । नर्स तामाङ प्रत्येक परिवारका लागि चामल, दाल, तेल, नुनका साथै मास्क वितरण गरेकी हुन् । सरकारले गरेको लकडाउनले सबै क्षेत्रमा खाद्यान्न अभाव भएपछि यहाँ परिवारलाई स्वच्छाले वडा कार्यालय र गाउँपालिकासँग समन्वय गरी राहत प्रदान गरेको नर्स तामाङले जानकारी दिइन् ।
प्रमुख लामा दावासाङबो लामा, गाउँका अगुवा व्यक्ति सेनदेकि तामाङ, नेकपा जिल्ला समिति अध्यक्ष करन्याल तामाङ, स्कुल व्यवस्थापन समितिका अध्यक्ष नुर्पुछिरिङ तामाङ, मेगा बैकका म्यानेजर क्षोक्याल दोर्जे लामाको उपस्थितिमा राहत प्रदान गरेको हो ।
गोसाँईकुण्ड गाँउपालिका वडा नम्वर ५ स्थित श्यामेवाङफेल माविमा कार्यरत विद्यालय नर्स प्रतिमा तामाङले गोसाईकुण्ड९ ५ स्थित भार्खु गाँउमा ०७७ जेठ २८ गते एक दिने स्वस्थ्य शिविर संचालन तथा राहत वितरण गर्नु भयो ।
विद्यालय नर्स प्रतिमा तामाङले राहत वितरण स्थानीय सरकारको एकद्वारा प्रणाली अनुसार वडा र गाउँपालिकासँगको समन्वयमा नर्स प्रतिमा र उनका पति क्षोक्याल दोर्जे लामा र उनका साथीहरू मार्कस र मार्सिटको सहयोगमा प्रतिमाले गरेका हुन ।
उक्त कार्यक्रम कुनै सरकारी तथा संघ संस्थाले नभइ व्यक्तिगत रूपमा गरेको प्रतिमा र क्षोक्याल दोर्जे लामाले बताए । स्वस्थ्य शिबिरमा गाउँका सबै बालबालिका , महिला पुरूष,बृद्ध र अपांगहरू सहभागी भई लाभ लिएको प्रतिमा तामाङले बतायो ।
स्वस्थ्य शिविरमा निशुल्क औषधि पनि आवस्कता अनुसार वितरण गरेको थियो साथै कसैलाई जिल्ला अस्पतालमा सिफारिस गरेको स्वस्थ्य कर्मीहरूले बताए । साथै अत्यन्तै अशक्त हिडडुल गर्न नसकेकाहरूलाई भने घर मै स्वस्थ्यकर्मी गएर चेक जाँच गरी औषधि वितरणको व्यवस्था गरेको नर्स प्रतिमाले बतायो ।
खाद्यान्न सामाग्री राहत भने गाउका ३७ जना बृद्धबृद्दाहरू, एकल महिला, एकल पूरूष र अशक्त अपाङगहरूलाई वितरण गरेको थियो । खाद्यन्न सामग्रीमा १ बोरा चामल, दाल, नुन र तेल वितरण गरेको थियो । गाउँले सबैलाई स्वस्थ चेक जाँच गरी आवश्यक औषधी र माक्स वितरण गरेको थियो । भने कुनै रोगीहरूलाई जिल्ला अस्पतालमा सिफारिस गरेको क्षोक्याल लामाले बतायो । हाम्रो देशमा एकल महिलाहरूाई मात्र सुविधाहरू दिरहेको अवस्थामा प्रतिमाले भन्ने एकल पुरूषलाई पनि समेटेका छन ।
स्वस्थ्य शिबिरकरमा विद्यालय नर्स प्रतिमा तामाङ, स्वस्थ्य चौकी स्याफ्रुबेशीका ईन्चारज सबिना श्रेष्ठ र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सोनाम घले थियो। कार्यक्रममा गोसाँईकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पू तामाङ वडा अध्यक्ष सिंगी दिन्डुब तामाङ , भार्खु समाज सुधारका अध्यक्ष कान्छा तामाङ, मेगा बैंकका म्यानेजर क्षोक्याल दोर्जे लामा र स्याफ्रुबेशी प्रहारी चौकी प्रमुख टिकाराम पौडेललगायतको उपस्थिती रहेको थियो ।
यसरी सरकारी मापदण्ड अनुसार गाउपालिका र वडासँग समन्वय गरी कोरोना संक्रमन र सरकारी बन्दबन्दी पछि पहिलो पटक यसरी कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गाउलेलाई लाभ लिन अनुरोध गर्नुभयो पालिका प्रमुखनुर्पू कैसाङ तामाङ । वडा अध्यक्ष सिंगी दिन्डुब तामाङले अहिलेको समयमा नर्स पढेकाहरू पैसाको लागि सबै यूरोप अमेरिका जाने प्रचलन रहेको हाम्रो देशमा नर्स प्रतिमा “स्वस्थ र शिक्षित सामज निर्माण” अभियानका लिएर जिल्लाका बिभिन्न गाउँ गाउँमा हिंडिरहेको देखिरहेको छु तसर्थ नर्स प्रतिमा रसुवाको मात्र नभएर देश कै उदाहरणीय व्यक्ति हुनुहुन्छ ।