दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

कर्णाली। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ।
Advertisement 1
कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो। कोशीका लागि मिलन राईले खेलको १२औँ मिनेट र ३२औँ मिनेटमा २ गोल गरेका थिए। यस्तै अमित सन सतारले खेलको १४औँ मिनेट तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल गरेका थिए।
यस्तै लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए। कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औँ मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो। पहिलो खेलमा बागमतीसँग बराबरी गरी एक अङ्क पाएको कोशीले लुम्बिनीलाई हराएपछि ४ अङ्क प्राप्त गरेको छ। त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन भएको छ। आजै बागमती र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ।









