बिसौँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार उपलब्ध

काठमाडौं। सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ।
खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ।
यसअघि असोज २३ गतेको मन्त्रिपरिषद्ले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो। जसअनुसार तेन्जिङलाइ रु ६ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठलाई रु १ लाख ३० हजार र व्यवस्थापक युवराज लामालाई पुरस्कारस्वरुप रु ६५ हजार रकम उपलब्ध गराइएको छ।
त्यस्तै, कबड्डी टोलीका खेलाडीले जनही रु १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले रु १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले रु ६५ हजार प्राप्त गरेका छन्।
करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गरेका छन्।
“सरकारले निर्धारित र निर्णय गरेको २०औँ एसियन गेम्सको पुरस्कार रकम डिपोजिट भएको जानकारी गराउन चाहान्छु। द्रुत गतिमा काम भएकामा धन्यवाद छ, नेपाल सरकार”, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
जापानको नायोगामा भएको २०औँ एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कास्यपदक जित्न सफल भएको थियो।
प्रकाशित :२०८३ आश्विन २८, बुधबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम