आईसीसी विश्वकप लिग–२ : नेपाल अमेरिका भिड्दै

काठमाडौं। आईसीसी विश्वकप लिग–२मा आइतबार नेपाल र अमेरिकाबीच खेल हुने भएको छ। नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्नेछ।

Advertisement 1

अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को श्रृंखलाका लागि शनिबार नै नेपाली टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो।

टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन्। देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ। लिग–२ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग दुई दुई खेल खेल्ने छ।

Advertisement 2

उक्त खेल राति ९ः१५ बजे सुरु हुने छ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। आईसीसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन्। नेपाल आईसीसी विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा छ।

नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जीत तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन। यस्तै अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोडेदै दोस्रो स्थानमा छ। स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ। स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा रहेको छ।

प्रकाशित :२०८१ कार्तिक ११, आईतवार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry