एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं। एनएमबि बैंक लिमिटेड र र्यापिड टेक प्रा.लि.बीच डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ। ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा भएको उक्त सम्झौताले व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीमार्फत नै बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
Advertisement 1
सम्झौताअनुसार एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नो व्यावसायिक प्रणालीभित्रै रहेर रकम भुक्तानी, हिसाब मिलान (Reconciliation) तथा अन्य बैंकिङ कारोबार गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। यसबाट कारोबारका लागि छुट्टै बैंकिङ प्रणालीमा प्रवेश गर्नुपर्ने झन्झट कम हुनुका साथै वित्तीय कारोबारलाई सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, साना तथा मझौला व्यवसायका ग्राहकले व्यापारिक केन्द्र र विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
Advertisement 2
निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी गरिएको यस सुविधाले व्यवसायको दैनिक वित्तीय व्यवस्थापनलाई सरल बनाउनुका साथै ग्राहकको समय बचत गर्न र कारोबार प्रक्रियालाई थप सहज बनाउन मद्दत गर्ने बैंकले जनाएको छ।
यस सहकार्यले बैंकिङ सेवालाई ग्राहकले दैनिक प्रयोग गर्ने डिजिटल प्रणालीसँग जोड्दै डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।













