सिटिजन्स क्यापिटलका ७ वर्षे योजना परिपक्व, नयाँ १ अर्ब २५ करोडसम्मको ‘सिटिजन्स सुपर ५०’ निष्कासन हुँदै

काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे निर्धारित अवधि पूरा गर्दै इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल प्रदान गर्न सफल भएको छ। योजना परिपक्व भई खारेजी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानीसमेत सुरु गरिएको कम्पनीले जनाएको छ।

Advertisement 1

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाको कोष आकार ५६ करोड रुपैयाँ थियो। २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको योजना २०८३ असार २१ गते सातवर्षे अवधि पूरा गरी परिपक्व भएको हो।

कम्पनीका अनुसार धितोपत्र बजारमा विभिन्न समयमा आएका उतारचढाव, बजार मूल्यमा गिरावट र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई नियमित नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिन सफल भएको हो।

Advertisement 2

यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ बाट समेत औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरिएको कम्पनीले जनाएको छ। लगातारका दुई योजनाबाट प्रतिफल दिन सफल हुनुलाई क्यापिटलले आफ्नो लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा लिएको छ।

यसैबीच, सिटिजन्स क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ निष्कासन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

Advertisement 3

१० वर्षे अवधिको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पु¥याउन सकिने व्यवस्था गरिएको छ। योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।

हाल सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायत विभिन्न सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको छ।

कम्पनीले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपालबाट एएमसी क्वालिटी थ्री प्लस (ब्ःऋ त्तगबष्तिथ ३+) रेटिङ प्राप्त गरेको जनाएको छ। विगतका योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनालाई पनि अनुशासित र व्यावसायिक ढंगले व्यवस्थापन गर्ने कम्पनीको लक्ष्य छ।

सिटिजन्स क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्। कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण र पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ।

प्रकाशित :२०८३ मंसिर १ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]