अभियन्ताले ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई साँच्चै सरुवा

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै थर्काएको सुनिन्छ । उनले एक असईलाई ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी छन् । र, ती असईको साँच्चिकै सरुवा भएको छ ।

Advertisement 1

घटना झण्डै एक महिनाअघिको हो । थर्काउने अभियन्ता हुन् ज्वाला संग्रौला । सामाजिक सञ्जालमा चर्का स्टाटस लेखेर ‘भाइरल गर्ल’ का रूपमा चिनिएकी उनी अहिले विभिन्न स्थानमा राहत वितरणमा व्यस्त छिन् । राहत बाँड्न जाने सिलसिलामा महाराजगञ्जमा उनको प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग लफडा भएको थियो । त्यसबेला ड्युटीमा रहेका झा उक्त घटना भएको एक साता नवित्दै महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सरुवा भएका छन् । ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा सरुवा भएर आएको करिव ६ महिनामात्र पुगेको थियो । उनको कार्यसम्पादन राम्रो रहेको र इन्सपेक्टर रविन्द्रकुमार श्रेष्ठले पनि रुचाएको स्रोतको भनाइ छ ।

भिडियोसहित बुधबार मधेशी आयोगमा उजुरी दर्ता भएपछि त्यसलाई आवश्यक कारबाहीका लागि प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको आयोगका अध्यक्ष विजयकुमार दत्तका स्वकीय सचिव दीपेन्द्र कुमार यादवले बताए। बुधबार नै आयोगका अध्यक्ष दत्तले प्रहरी महानिरीक्षक थापालाई फोन गरेर घटनाको छानविन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन भनेको यादवले बताएका छन्। महाराजगञ्ज चोक हुँदै ट्राफिक कार्यालयसम्म
काठमाडौंको महाराजगञ्ज चोकबाट यो घटनाको सुरुवात भएको रहेछ। चोकबाट सुरु भएको विवाद महाराजगञ्जको ट्राफिक प्रहरी कार्यालयसम्म पुग्दा भिडियोसहित बाहिरिएको पाइएको छ। भिडियोमा देखिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्रकुमार श्रेष्ठ हुन्। घटना गत जेठ ११ गतेको हो।

Advertisement 2

महाराजगञ्ज चोकमा असई मणिकान्त झा ड्युटीमा खटिएका थिए। त्यहीबेला गाडीमा ज्वाला संग्रौला, सर्मिला वाइवासहितको टोली आयो। उनीहरुले आफूलाई सामाजिक अभियन्ता भएको दाबी गरेका छन्। इन्स्पेक्टर श्रेष्ठका अनुसार निषेधाज्ञाको समय भएकाले असई झाले उनीहरुसँग पास मागेका थिए। तर, उनीहरुले पास देखाउन सकेनन्। त्यसपछि झाले लाइसेन्स मागे। लाइसेन्स समेत देखाउन नसकेपछि उनीहरुको गाडी साइड लगाएर रोक्न भने। त्यसपछि उनीहरुले आफूलाई रोकेको भन्दै प्रहरीसँग विवाद गरे। अनि वादविवाद बढ्यो। प्रहरीले गाडी होल्डु गर्न लगाएपछि उनीहरुले प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको इन्स्पेक्टर श्रेष्ठ बताउँछन्।

संग्रौलाको टोलीले असई झाले साइबर मुद्दा लगाउँछु भनेको र ‘….साला’ भनेर अपशब्द बालेको आरोप लगाएका छन्। तर, झाले आफूले त्यस्तो शब्द बोल्दै नबोलेको र संग्रौलाको टोलीले त्यसबेलाको भिडियो समेत खिचेकाले भिडियोमा देखाउन चुनौती दिएका छन्।

Advertisement 3

‘गाडी रोकेपछि उहाँहरुले भिडियो खिच्नु भयो। जथाभावी भिडियो खिच्ने, त्यसको दुरुपयोग भयो भने साइबर मुद्दा लगाउँछु भनेको हो। ‘…साला’ भनेको छैन’, सार्वजनिक भएको २५ मिनेटको भिडियोमा संग्रौलाकै अघि असई झाले भनेका छन्।

फेरि संग्रौलाको टोलीले त्यसरी मुख छाड्ने व्यक्ति अर्कै हुन् भनेको सुनिन्छ।

‘ज्वाला संग्रौला भन्ने को हो ?नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाएँ भनेर ठूला कुरा गर्ने होइन नि फेरि! तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। तपाईंले यो तरिकाले डिल गर्ने? म ठेगान लगाइदिन्छु, म के हो भन्ने देखाइदिन्छु’, प्रहरी कार्यालयमै गएर बर्दीका प्रहरीलाई ज्वाला संग्रौला र उनको टोलीले यसरी धम्की दिएको देखिन्छ।

आफू मातहतको प्रहरीबाट गल्ती भएको भए सच्याउन तयार भएको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै इन्सपेक्टर श्रेष्ठले भने सम्झाउने प्रयास गरेका छन्। तर, यतिले पनि उनीहरुको रिस कम हुँदैन। ‘जागिर खाएर के राम्रो काम गर्‍यौ? पाँच वटा काम भन्नुस्। उहाँलाई एनिहाउ सरुवा गर्नुपर्छ। यस्तो मान्छे हामीलाई चाहिँदैन। यो एरियामा तपाईं चाहिँदैन’, असईलाई सरुवा गराउने भन्दै उनीहरुले यस्तो भनेको भिडियोमा सुनिन्छ। यधपी चर्को दबाव पछि महाराजगञ्जमा नै प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पठाइएको छ ।

प्रकाशित :२०७८ असार ३, बिहीबार १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry