घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

मुगु। काठमाडौँबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जिप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लागि आज सुर्खेत पठाइएको छ।

Advertisement 1

उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो। दुर्घटनामा परी जिपमा सवार ५ जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो।

Advertisement 2

मृतक तिनै जनाको शव जिल्ला अस्पतालमा शवपरीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिए।

प्रकाशित :२०८३ कार्तिक ३० गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]