महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ योजना, डेबिट–क्रेडिट कार्डबाट खरिदमा विशेष छुट

काठमाडौं। महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवद्र्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महा सोमबार’ योजना सञ्चालनमा ल्याएको छ।
Advertisement 1
योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार डेबिट कार्ड प्रयोग गरी दराज नेपालबाट न्यूनतम १ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ। त्यस्तै, क्रेडिट कार्डवाहक ग्राहकले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन्।
Advertisement 2
बैंकले यो योजना हरेक सोमबार मात्र लागू हुने जनाएको छ। छुट सीमित संख्यामा र पहिले आउने ग्राहकलाई प्राथमिकताका आधारमा उपलब्ध हुने भएकाले ग्राहकले सोमबार नै कारोबार गरी योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
महालक्ष्मी विकास बैंकले यस्ता योजनामार्फत ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप आकर्षित गर्ने, आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने तथा दैनिक कारोबारमा सहजता, बचत र मूल्य अभिवृद्धि गराउने विश्वास लिएको छ।
Advertisement 3
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।
‘महा सोमबार’ योजनालाई पनि बैंकको डिजिटल कारोबार विस्तार तथा ग्राहकलाई कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने अभियानका रूपमा हेरिएको छ।








