२७२ कर्मचारीको सरुवा, ६९ शाखा अधिकृत र २०३ नासु फेरिए

काठमाडौं । भन्सार विभागले तिहार बिदाकै बीच विभागले निकाल्यो विभिन्न भन्सार कार्यालयका कर्मचारीको कार्यस्थल परिवर्तन आफू मातहतका विभिन्न भन्सार कार्यालयमा कार्यरत २७२ जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा ६९ जना शाखा अधिकृत र २०३ जना नायब सुब्बा (नासु) रहेका छन्।

Advertisement 1

विभागले तिहार बिदाको समय पारेर कर्मचारी सरुवाको सूची सार्वजनिक गरेको हो। सरुवासँगै देशभरका विभिन्न भन्सार कार्यालय तथा विभागअन्तर्गतका निकायमा कार्यरत कर्मचारीको कार्यस्थल परिवर्तन हुने भएको छ।

विभागले शाखा अधिकृत र नायब सुब्बा गरी दुई तहका कर्मचारीको सरुवा गरेको हो। कुल सरुवामध्ये नायब सुब्बाको संख्या सबैभन्दा बढी छ। सरुवा हुनेमध्ये करिब ७५ प्रतिशत नायब सुब्बा र २५ प्रतिशत शाखा अधिकृत रहेका छन्।

Advertisement 2

भन्सार प्रशासनअन्तर्गत कर्मचारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि ठूलो संख्यामा एकैपटक कर्मचारीको कार्यस्थल परिवर्तन हुँदा विभिन्न भन्सार कार्यालयको जनशक्ति व्यवस्थापनमा समेत प्रभाव पर्ने देखिन्छ।

प्रकाशित :२०८३ कार्तिक २१ गते, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]