प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज् ब्युटि स्टुडियोमा ३० प्रतिशतसम्म छुट

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
Advertisement 1
यससम्बन्धी सम्झौता प्रभु बैंक लिमिटेड र रुस्काज् ब्युटि स्टुडियोबीच भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले सौन्दर्यसम्बन्धी सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा बैंकका कर्मचारीले ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौतामा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकारी (सीपीओ), बागमती प्रदेश–३ की प्रचिता श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
Advertisement 2
सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंकको कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
सम्झौताअन्तर्गत ग्राहक तथा कर्मचारीले हेयर कटिङ, हेयर ड्रेसिङ, ब्युटी तथा स्किन केयर, मेकअप, मेनिक्योर–पेडिक्योर, हेयर कलरिङलगायत उपलब्ध सौन्दर्यसम्बन्धी सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।
Advertisement 3
छुट सुविधा लिन प्रभु बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक माध्यम प्रयोग गर्नुपर्नेछ । त्यस्तै, बैंकका कर्मचारीले छुट सुविधा लिन प्रभु बैंकको कर्मचारी परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रभु बैंक र रुस्काज् ब्युटि स्टुडियोबीच भएको यो सहकार्यले बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवा लिँदा थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।








