पहिरोले घर बगायो, २ घर जोखिममा

तनहुँ। तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँमा पहिरोले घर बगाउँदा एक परिवार विस्थापित भएको छ। स्थानीय तिलबहादुर विकको घर पहिरोले बगाएको हो।
उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए। पहिरोका कारण डिहीगाउँ–बैरेनी भित्री सडकखण्डमा समेत क्षति पुगेको छ। सोही स्थानमा रहेको सुकबहादुर दरैको घर र विष्णुबहादुर दरैको घर पहिरोको जोखिममा छ।
प्रकाशित :२०८३ आश्विन ११, आईतवार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम