१ हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुर। कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित ३ जना पक्राउ गरेको छ।

Advertisement 1

प्रहरीले शान्तिवन वन क्षेत्रबाट १ हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिए।

प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको हो। पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ।

Advertisement 2

गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित :२०८३ भाद्र १५, सोमबार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry