भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

पर्सा। वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी निवासी सागर कर्णको परिवारलाई आर्थिक सहयोग गरेको छ।
Advertisement 1
समाजका अध्यक्ष सञ्जीव थापाले कर्णकी श्रीमती सरितालाई उनको निवासमा पुगेर खाद्यान्नलगायत दैनिक उपभोगका सामग्री तथा रु ५ हजार १०० नगद हस्तान्तरण गरे।
सवारी चालक कर्ण मातापिताका एक्लो सन्तान थिए। उनका वृद्ध पितामाता र २ साना सन्तान उनको अनुपस्थितिमा खिन्न छन्।
Advertisement 2
यसैबीच, वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–२७ कुहडीका २८ वर्षीय मुन्ना अन्सारीको परिवारलाई भेटेर सहयोगको वचन दिएको छ।
प्रकाशित :२०८३ आश्विन ११, आईतवार १४:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








