चाडपर्व लक्षित लमजुङमा बजार अनुगमन

नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर लमजुङ जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ। शनिबार दसैँ,तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्व र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।

Advertisement 1

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा सरोकारवालासहितको एक टोलीले सुन्दरबजार नगरपालिकाको बजार क्षेत्र भोटेओडार, सिउँडीबारमा रहेका किराना पसल, तरकारी तथा फलफूल पसल सहित ३१ वटा पसलको अनुगमन गरिएको सुयलले बताए ।

स्थानीय प्रशासनले म्याद गुज्रेका,सडेगलेका,अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको जनाएको छ। म्याद गुज्रेका सामान बिक्री वितरण भएका, बिना मापदण्ड सञ्चालनमा रहेका पसल सञ्चालकहरुलाई जरिवाना गरिएको उनले बताए ।

प्रकाशित :२०८० आश्विन २२, सोमबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry