पहिरोमा पुरिएर एक जनाको मृत्यु, ३ सय घर जलमग्न

जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे।

अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ।

Advertisement 2

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन्।

त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिए।

प्रकाशित :२०८३ आश्विन ११, आईतवार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम