४३ कर्मचारीको अन्तरस्थानीय तह सरुवा

काठमाडौं। कोशी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत ४३ जना कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ।

Advertisement 1

प्रदेश सरकार, विराटनगरको २०८३ असोज ७ गतेको प्रदेश सचिवस्तरीय निर्णयअनुसार स्थानीय सरकारी सेवाअन्तर्गत चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।

प्रदेश सरकारले अन्तरस्थानीय तह सरुवा अन्तरसरकारी तह सहकार्य तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (१) बमोजिम गरेको जनाएको छ।

Advertisement 2

सरुवामा स्थानीय तहअन्तर्गत विभिन्न पदमा कार्यरत कर्मचारीहरूलाई आवश्यकता तथा व्यवस्थापनका आधारमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा खटाइएको जनाइएको छ।

Advertisement 3

प्रकाशित :२०८३ आश्विन ८, बिहीबार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम