एकैपटक २१ सचिव सरुवा

काठमाडौं। सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ सचिवको सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सामान्य प्रशासनसचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय र श्रमसचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

Advertisement 1

त्यस्तै उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सञ्चारसचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालय र रक्षा सचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ। वित्त आयोगका सचिव मधुसुदन बुर्लाकोटीलाई वाणिज्य मन्त्रालय, वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालय, खानेपानी मन्त्रालयमा नेपाल ट्रस्टकी सचिव प्रमिलादेवी बज्राचार्य र राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ।

लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी सचिव सुरेश आचार्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको छ।
त्यस्तै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देललाई जल तथा ऊर्जा आयोग र राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ।

Advertisement 2

प्रधानमन्त्री कार्यालयका नारायणमणि दुवाडीलाई राष्ट्रपतिको कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल र पोखरेलको ठाउँमा दुवाडीको सरुवा गरिएको छ।

प्रकाशित :२०८१ श्रावण १४, सोमबार २२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry