जन्मदिन र सेवा निवृत्त एकै दिन

नेपाल सरकारका सचिव गोपीनाथ मैनाली सेवानिवृत्त भएका छन् ।

Advertisement 1

उपराष्ट्रपति कार्यालयमा कार्यरत रहँदा उमेर हदका कारण सचिव मैनालीले अनिवार्य अवकाश पाएका छन् । निजामती सेवामा ३९ वर्ष ८ महिना १९ दिन सेवा गरेर बिदा भएका सचिव मैनालीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका छन् । लामो समय बिताएको पेसाबाट अलग हुँदा संवेगात्मक बनेको भन्दै उनले सामान्य परिवारमा जन्मेर हिमाल, तराई, पहाड, अग्र पङ्क्तिका कार्यालयदेखि नीति तहसम्म रही राष्टसेवा गर्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताएका छन् । उनी लेखकसमेत हुन् । सचिव मैनालीका सार्वजनिक प्रशासन सम्बन्धी कैयन् पुस्तकहरू प्रकाशन भएका छन् ।

निर्वाचन आयोगमा हुँदा निकै चर्चा कमाएका मैनालीले जुन निकायमा गए, त्यहाँ केही न केही देखिने र महसुस हुने गरी काम गरेका छन् । पाँच वर्ष अघि सचिव भएका उनी क्षेत्रीय प्रशासन कार्यालय पोखरा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कृषि, पशुपन्छी, भूमिसुधार र सहकारी,महालेखापरीक्षकको कार्यालय, शिक्षा मन्त्रालय हुँदै उपराष्ट्रपतिको कार्यालय पठाइएका थिए ।

Advertisement 2

अवकाशपछि मैनालीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘लामो समय वृत्तिमा रही वृत्तिबाट अलग हुँदाका क्षणहरू संवेगात्मक हुने नै भए, जे होस् सामान्य परिवारमा जन्मेर हिमाल, तराई, पहाड, अग्रपंक्तिका कार्यालयदेखि नीति तहसम्म रही राष्ट्रसेवा गर्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु । म जहाँ रहे पनि राष्ट्रसेवामा समर्पित हुनेछु ।’

प्रकाशित :२०७८ असार १, मंगलवार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry