शक्तिको दुरुपयोग गर्दै काजमा बस्ने कर्मचारीलाई चाँडै व्‍यवस्थापन गर्छुः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुँदै ।तस्बिरः हरिराम भेटुवाल/ रासस

बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शक्तिको दुरुपयोग गर्दै फाजिल, काजमा बस्ने कर्मचारीको चाडैं व्यवस्थापन गर्ने बताएका छन् ।

Advertisement 1

दरबन्दी छोडेर काज, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापनका लागि आफू कठोर बन्ने बताएका हुन् । जोसुकैले खुट्टा तान्ने प्रयास गरेपनि म यो विषयमा कठोर भएरअघि बढ्ने उनले बताए । मन्त्री बस्नेतले थपे संसारमा सबै किसिमको औषधि बनेका छन् । यो रोगलाई कस्तो औषधि चाहिन्छ भन्ने मलाई राम्रो सँग थाहा छ । तर, मलाई मिडियाको साथ चाहिन्छ,’ मन्त्री बस्नेतले भने।

आगामी आर्थिक वर्षका लागि आउन लागेको बजेटमा स्वास्थ्यमा ४० प्रतिशतले बजेट घटेर आउन लागेको र आएको बजेटको पनि भरपुर सदूपयोग हुनेगरी काम गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित :२०८० बैशाख २८, बिहीबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry