भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

काठमाडौं। भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ।
Advertisement 1
नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ। सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्रीसहितका उडान काठमाडौँ आइपुगेका यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
राहत सामग्रीमा ‘फरेन्सिक किट’ र चिकित्सकीयसहित २१.५ टन राहत सामग्री रहेका छन्। उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ, जसले जारी नेपाली राहत तथा उद्धार प्रयासलाई थप सुदृढ बनाउन र भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न मद्दत गर्नेछ।
प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








